आईएसएमटी कलेजको ‘जब फिअर’ कार्यक्रम सम्पन्न

काठमाडौँ । आईएसएमटी कलेजले एक दिने ‘जब फिअर’ कार्यक्रम सम्पन्न गरेको छ ।

बुधवार भएको उक्त कार्यक्रममा २१ कम्पनीहरू सहभागी भएका थिए । कार्यक्रममा २५० जना विद्यार्थीहरूले सुविधा लिएका छन् ।

आईएसएमटी कलेजले आफ्नो विद्यार्थीहरूलाई पढ्दै गर्दा र पढाई सकाएपछि उनीहरूलाई रोजगारीका लागि भौँतारिनु नपरोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको आईएसएमटी कलेजका डेभ्लोमेन्ट हेड वासुदेव बस्तीले बताए ।

उनले अन्य कम्पनीहरूका विद्यार्थीलाई समेत रोजगारी कायम गराउनका लागि कलेजले जब फिअर कार्यक्रम गर्दै आएको बताए ।

उनले भने ‘आजको आईएसएमटी कलेजले जब फिअर अर्गनाइज गरेको छ, यसमा नेपालका टप आइटी कम्पनीहरू, हेटलहरु, ट्रिडिङ हाउसहरू, बिजनेस कम्पनीहरू लगायत २१ वटा कम्पनीहरूले आज सहभागिता जनाएका थिए ।’

उक्त कार्यक्रममा म्यारीड होटेल, एफ वनसफ्ट, सिप प्रति सौरब ग्रुपलगायतका अन्य ग्रुपहरूको पनि सहभागी रहेको थियो ।

उनले भने– ‘सेलकम, फोन पे जस्ता टपटप कम्पनीहरू आएर हाम्रो विद्यार्थीहरूसँग इन्टरभ्यु लिने र सकेसम्म भए सम्म इन्टरभ्यु मानै छान्ने यदि भएन भने त्यसलाई सर्ट लिस्ट गरेर दोस्रो फेजमा इन्टरभ्युको लागी विद्यार्थीलाई कम्पनीमा नै फोन गर्ने त्यो किसिमको प्रक्रिया चलिरहेको छ ।’

विद्यार्थीलाई नेपालमै रोजगारी दिनका लागि आईएसएमटी कलेजले गुणस्तर शिक्षा दिइरहेको उनले बताए । यसका लागि विभिन्न रोजगार कम्पनीहरुसंग सहकार्य गरेको उनको भनाई छ ।

आईएसएमटी कलेज बेलायत युकेको विश्वविद्यालय सन्डरल्याण्डको सम्बन्धनमा विगत २०११ देखी सञ्चालनमा छ ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =