फिल्म ‘एक्टर’ मा आना शर्मा फाइनल, प्रदीप र आनाको जोडी पक्का

काठमाडौँ । नायिका आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा फाइनल भएकी छन् ।

निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी सम्झौता भएको हो ।

आनाले ‘एक्टर’ साइन गरेसँगै प्रदीप र आनाको जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुई को जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् ।

यो फिल्मको छायाङ्कन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन रहनेछ । फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।

फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको नायिका आना शर्माले बताइन् । एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैँ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *