चित्रा सबैले हेर्नुपर्ने चलचित्र हो : भुवन केसी

काठमाडौँ । नेपाली चलचित्र चित्राको प्रिमियर शो भएको छ ।

सोमवार काठमाडौंमा चलचित्रको प्रिमियर शो आयोजना भएको हो । चलचित्रको प्रिमियर शोमा वरिष्ठ कलाकारहरूको उपस्थिति रहेको थियो ।

चलचित्र पौष २७ गतेबाट देशभरका सिनेमा घरहरूमा प्रदर्शनी हुनेछ । प्रिमियर शोपछि सिनेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र निकै उत्कृष्ट रहेको र सबैले हेर्नुपर्ने चलचित्र भएको बताए ।

उनले चलचित्रमा नयाँ कलाकारहरूको अभिनय जीवन्त रहेको बताए । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले चलचित्रमा बुबा छोरीको कथा रहेको र चलचित्रमा जीवन्त अभिनय देख्न सकिने बताइन् ।

फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट सन्तोष अधिकारीले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।

फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । बाबुछोरीको कथा बोकेको चित्रामा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाशको साथमा अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ । महेश पौडेलले छायाङ्कन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *