राइटपाथ करियर काउन्सिलिङको ७ वर्ष, विद्यार्थीलाई अब्बल शैक्षिक परामर्श दिन सफल (भिडिओ)

काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङ आठौं वर्षमा प्रवेश गरेको छ ।
उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको राइटपाथ करियर काउन्सिलिङ आठौं वर्षमा प्रवेश गरेको हो ।
काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रहेको काउन्सिलिङले युके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा, अमेरिका जस्ता शैक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आइरहेको छ ।
अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीलाई अब्बल शैक्षिक परामर्श दिन सफल भएको राइटपाथ करियर काउन्सिलिङका सिइओ फिलिप डिसीले बताए ।
उनले काउन्सिलिङ आठौं वर्षमा प्रवेश गरेको अवसरमा मकाुलखबरसंग कुराकानी गर्दै आफुले गरेको कामको विस्तृत जानकारी दिए ।
उनले शैक्षिक परामर्श सहि दिनुपर्छ भन्ने सिद्धान्तलाई आत्मासाथ गर्दै राइटपाथ अगाडि बढेको दाबी गरे ।
उनले भने– ‘राइटपाथ करियर काउन्सिलिङले मुख्यतया युके, क्यानडा, अस्ट्रेलिया, न्युज ल्यान्ड जस्ता युरोपका विभिन्न देशहरूमा आफ्नो भविष्य देखेका भाईबहीनीहरुलाई शैक्षिक परामर्श तथा त्यसको तयारीका पडाइहरू मार्फत आफ्नो सेवा विस्तार गरिरहेको छौं ।’
राइटपाथ करियर काउन्सिलिङको ७ औ उत्सवको अवसरमा उनले विभिन्न आकर्षक अफरहरू ल्याएको बताए ।
राइटपाथ करियर काउन्सिलिङले २०२४ मा विद्यार्थीहरूको लागि क्यानडा र युकेलाई मुख्य प्राथमिकतामा राखेको डिसीको भनाई छ ।
उनले भने–‘आजभन्दा ७ वर्ष अगाडि क्यानेडियनबाट आफूलाई स्थापित गर्न सकेको अर्गनाइजेसन र यति खेर हजारौं भाईबहिनीहरुको पहिलो रोजाई क्यानडा भएको कारणले गर्दा २०२४ ले हाम्रो पहिलो डेस्टिनेसनको रुपमा राखेको हौ ।’
आठौं वर्षमा प्रवेश गरेको अवसरमा राइटपाथले ६० हजारको आकर्षक अफर ल्याएको उनले बताए ।
उक्त अफरमा राइटपाथले क्यानडा अध्ययन गर्न जाने विद्यार्थीका लागि लाग्ने शुल्क, प्रक्रिया, एप्लिकेसन शुल्क, भिसा शुल्क र बायोमेट्रिक शुल्कमा छुट दिएको उनको भनाई छ ।
यी सबै सुविधा बापत विद्यार्थीको ६० हजार बचत हुने र सो अफर ३१ जनवरीसम्म रहने उनले बताए ।
उनले आइल्ट्स टेस्ट र पीटीइको लागि समय लिँदा १ हजार छुट राखेको बताए । साथै टेस्ट प्रीपेसनको डेट बुक गर्दा १ हजार बराबरको स्काई टावरको फ्री टिकट पनि प्राप्त गर्न सक्ने उनको भनाई छ ।
राइटपाथ करियर काउन्सिलिङको वार्षिक उत्सव अफर सार्वजनिक
हेर्नुहोस् भिडिओ–








