मोरङमा १४ वर्षीया बालिका बलात्कृत
२०८० पुस २४ गते

मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–९ ज्योतिटोल बस्ने २४ वर्षीय श्याम बर्देवा रहेका छन् ।
उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
बर्देवाले ती बालिकालाई आफ्नै घरमा लगेर शुक्रबार जबरजस्ती करणी गरेको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
२०८० पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित








