’तिमी छौ र मेरो मुटु चलेको’मा आर्यन र केकी(भिडिओ)

काठमाडौं । आर्यन सिग्देल र केकी अधिकारी अभिनित ’तिमी छौ र मेरो मुटु चलेको’बोलको गीत सार्वजनिक भएको छ ।

कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा यो गीत सार्वजनिक भएको हो ।

मुन्दुम स्टुडियोको निर्देशनमा बनेको गीतको भिडियोमा आर्यन र केकीलाई प्रेम सम्बन्धमा बाँधिएको देखाइएको छ । मञ्जिल राईको कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ, अनिल रानाको सम्पादन छ ।

गीतको भिडियो हिमाल श्रेष्ठले खिचेका हुन् । गीतलाई रोमान्टिक स्वादमा पस्किएको गायक मञ्जिल बताउँछन् । ’गीतलाई हामीले रोमान्टिक फ्लेवर दिएर बनाएका हौं । त्यसैले भिडियोमा पनि दुई प्रेमी/प्रेमिकाको प्रेमलाई देखाइएको हो,’उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *