बालुवाभित्र राखेर तस्करी गर्न लागेको एक हजार केजी गाँजासहित पक्राउ

राजविराज (सप्तरी) । बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले एक हजार छ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा रु ३० देखि ३५ हजार प्रतिकिलो बिक्री हुने गरेको छ । गाँजासँगै सवारीधनी टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

यसैगरी, सप्तरीको राजगढ गाउँपालिका–२ झौरा चोकबाट स्रोत नखुलेको रु पाँच लाख भारतीय रुपैयाँसहित पक्राउ परेका एकजनालाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =