पाकिस्तानको केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चिति ‘८.२ अर्ब अमेरिकी डलर’

एजेन्सी । पाकिस्तानको केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चिति बढेर ८.२ अर्ब अमेरिकी डलर पुगेको छ ।

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ४६४ मिलियन अमेरिकी डलरले बढेर २९ डिसेम्बर २०२३ सम्ममा ८.२ बिलियन डलर पुगेको जनाएको हो ।

वाणिज्य बैङ्कहरूसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ । एसबीपीका अनुसार दक्षिण एसियाली देशसँग रहेको कुल तरल विदेशी सञ्चिति करिब १३.२ अर्ब डलर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =