मेलम्चीको पानी तुरून्त खोल ! (तस्बिरहरू)

काठमाडौं । उपत्यकावासीलाई मेलम्ची खानेपानी वितरण नगरी पानीको हाहाकार सिर्जना गरेको भन्दै विरोध प्रदर्शन गरिएको छ ।

काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति पाटन मंगलबजार हुँदै दरबार स्क्वायरसम्म विरोध पदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरूले मेलम्चीको पानी तत्काल ल्याउन माग गर्दै नारा लगाएका थिए । उनीहरुले ‘पानी मारा सरकार मुर्दावाद’, ‘मेलम्चीको पानी तुरुन्त खोल’, ‘मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

हेर्नुहोस् तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *