मोटरसाइकल दुर्घटनामा २५ वर्षीय चालकको मृत्यु

रूपन्देही । शुद्धोधन गाउँपालिका–३ दोगाना चोकमा लु.३२ प १००९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–३ दोगाना बस्ने २५ वर्षीय प्रलाद थारूको मृत्यु भएको छ ।

बिहीबार बिहान दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी कन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =