इरानका दुई स्थानमा आतंकवादी हमला, १०३ को मृत्यु

चार वर्षअघि अमेरिकाको ड्रोन आक्रमणमा मारिएका इरानी सेनाका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित गरिएको कार्यक्रमस्थलमा विस्फोट हुँदा कम्तीमा एक सय तीनजनाको ज्यान गएको छ ।

एकसय ४१ भन्दा बढी घाइते भएका छन् । भीडलाई लक्षित गरेर दुईवटा विस्फोट भएको इरानी सरकारी मिडियाले बताएको छ । सरकारी टेलिभिजनले उक्त विस्फोटलाई इरानी सरकारले ‘आतंकवादी हमला’ भनेको जनाएको छ ।

इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो । लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजराइलले गरेको दोष दिएका छन्।

राजधानी तेहरानभन्दा एक हजार किलोमिटर टाढा रहेको सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिदनजिकै विस्फोट भएको हो । उक्त मस्जिदमा उनलाई गाडिएको छ ।

केरमानका उपगभर्नरले विस्फोटलाई ‘आतंकवादी हमला’ भनेका छन् । सरकारी मिडियाले बम विस्फोटमा कम्तीमा एक सय ७० जनाभन्दा बढी घाइते भएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =