सर्वोच्चको मुख्य रजिष्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेलकाे बढुवा
२०८० पुस १८ गते

काठमाडौं । न्यायपरिषद्का सचिव देवेन्द्रराज ढकाल सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा भएका छन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएपछि दुवै पद रिक्त थिए ।
२०८० पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित








