राजेशपायल राईलाई सिक्किममा निषेध

काठमाडौं । नेपाली गायक राजेशपायल राईलाई सिक्किममा निशेध गरिएको छ ।

सिक्किममा उनलाई बहिष्कार गर्ने अभियान नै चलाइएको छ । सिक्किममा राइ विरोधी गतिबिधि भएपछि उनि सिक्किम नजाने मनसायमा पुगेका छन् ।

सिक्किमको पेलिङ गाल्सिङ जिल्लामा आज आइतबार अर्थात् डिसेम्बर ३१ मा कञ्चनजञ्घा विन्टर टुरिज्म फेस्टिभल आयोजना गरिएको छ । तर उनि रोकिएका छन् ।

आयोजकले नै उनलाई नआउन आग्रह गरेको हो वा उनी आफैंले हात झिकेका हुन् भन्ने स्पष्ट हुन सकेको छैन ।

यो लफडाको जरो चाहिँ केही महिना अघिको एउटा सन्दर्भसँग जोडिएको छ । पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थितिमा गत असार २३ गते हात्तीवन किराँत माङहिम परिसरमा भएको एक वृक्षारोपण कार्यक्रममा राजेशपायल पनि उपस्थित भएका थिए । वृक्षारोपण सकिएपछिको औपचारिक कार्यक्रममा राजेशपायलले अनायाश जंगिए ।

जब उनलाई बोल्नका लागि आग्रह गरियो, राजेशपायलले कार्यक्रमस्थलमा टाँगिएको एउटा ब्यानरमाथि आपत्ति प्रकट गरे । उक्त ब्यानर नउतारेसम्म नबोल्ने अडानसमेत लिए ।

‘मैले बोल्दा यो निकाल्दिनुस्, नत्र म तपाईंहरुको सबै च्यातिदिन्छु’, मन्त्री किराँतीसँगै बसेका राजेशपायलले चोर औंलाले ईंगित गर्दै उनले भने ।

यो वृक्षारोपण कार्यक्रमको आयोजना सानो हात्तिवन किराँत माङहिम व्यवस्थापन समिति, किराँत याक्खा छुम्मा केन्द्रीय समिति, सुनवार सेवा समाज संघीय समिति र किरात याक्युङ चुम्लुङ संघीय समितिले संयुक्तरुपमा गरेका थिए ।

यी चार संस्थाबाहेकको एक ब्यानर टाँगिएको थियो– हेभनली पाथको । राजेशपायलले देख्न नचाहेको ब्यानर यही नै थियो । उनले कडा अडान लिएपछि ब्यानर हटाइयो र कार्यक्रम सुचारु भयो । तत्कालै ब्यानर झारिएपछि विवादले ठूलो रुप लिएन ।

तर, जब यो भिडिओ बाहिर आयो, राजेशपायल विवादमा परे । राई समुदायभित्रैका हेभनली पाथका अनुयायीहरु उनीसँग रिसाए । यसको तरंग सिक्किमसम्म पुग्यो । फलस्वरुप त्यहाँ राजेशपायलको विरोध सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *