ललितपुरमा सुरु भयो ‘च्याउ मेला तथा परिकार’ महोत्सव (तस्बिरहरू)

काठमाडौँ । ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव सुरु भएको छ ।

च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आइतबारबाट ललितपुरको जावलाखेल खेलमैदानमा मेला सुरु भएको हो ।

‘च्याउ किसानहरूको जागरुपता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरे । मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *