बलियो बन्दै समीक्षा अधिकारी : भन्छिन् – आफ्नै स्वभावमा बाँच्छु

काठमाडौं । गायिका समीक्षा अधिकारीको दैनिकी हिजोआज फेरिएको छ ।

उनी दिनहुँजसो स्टेज कार्यक्रममा पुगेर दर्शकका अगाडि सांगीतिक प्रस्तुति दिइरहेकी छिन् ।

सानो उमेरमै लोभलाग्दो ख्याती कमाएकी यी गायिका केही वर्ष निकै तनावमा थिइन् । उक्त समय रेकर्डिङ र स्टेज कार्यक्रमबाट अलपजस्तै देखिएकी उनले सामाजिक सञ्जालमा पनि निराशाजनक र भावुक खालका पोष्टहरु गर्ने गरेकी थिइन् ।

केही समययता भने उनको सांगीतिक करिअर लयमा फर्किएको छ भने उनले सामाजिक सञ्जालमा पनि आत्मविश्वास र उत्साहका स्टाटस लेखिरहेकी हुन्छिन् ।

पछिल्लो समय उनले लेखेकी छन्

न कसैको अभावमा बाँच्छु,
न कसैको प्रभावमा बाँच्छु,
यो जिन्दगी आफ्नो हो,
म आफ्नै स्वभावमा बाँच्छु

पछिल्लो समय समीक्षाको फेसबुक वालमा मेला महोत्सवमा प्रस्तुति दिँदै गर्दामा तस्वीर र भिडियोहरु धेरै देख्न सकिन्छ ।

उनले रेखा थापाको फिल्म ‘उपहार’का लागि गाएको गीत पनि केही दिनअघि मात्रै युट्युबमा सार्वजनिक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *