जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदै सन्दीप

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् ।

बलात्कार मुद्दामा अदालतले शुक्रबार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन् ।

सन्दीपका कानून व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन् । सजाय निर्धारणपश्चात छिटो फैसलाको पूर्णपाठ आउने अपेक्षा रहेको सन्दीपका एक कानुन व्यवसायीले भने ।

कानुनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्नेछन्। उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्ने छैन ।

जिल्ला अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गरिसकेको अवस्थामा उच्च अदालतबाट जिल्लाको त्रुटीपूर्ण फैसला उल्टिने अपेक्षा गरिएको सन्दीपका कानुन व्यवसायीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =