सेभ द चिल्ड्रेनद्वारा भूकम्पपीडितलाई ८ सय थान विन्टराइजेसन टेन्ट वितरण

काठमाडौं । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम-पश्चिमका भूकम्पपीडतहरूका लागि ८ सय थान विन्टराइजेसन टेन्ट वितरण गरेको छ। सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम-पश्चिमका भूकम्प प्रभावित ८ सय घरपरिवारका लागि विन्टराइजेसन टेन्ट वितरण गरेको हो।

गत मंसिर २२ गते युरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रुकुम-पश्चिमका भूकम्प प्रभावितहरूलाई वितरण गर्नका लागि ८०० थान विन्टराइजेसन टेन्ट प्रदान गरेको थियो। सोही टेन्ट प्रभावितहरूलाई वितरण गरिएको हो।

यी विन्टराइजेसन टेन्टहरू अरू सामान्य टेन्टभन्दा फरक तथा चिसो मौसमलाई लक्षित गरी विशेष तवरले बनाइएको अग्निरोधी, जलरोधी र चुल्होयुक्त रहेको जनाइएको छ।

प्रत्येक टेन्टले प्रयोगकर्तालाई २३ वर्गमिटरको बासस्थल प्रदान गर्ने बताइएको छ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सेभ द चिल्ड्रेन फिल्ड अफिस सुर्खेतका प्रमुख रत्नराज ओझाले आफूहरूले वितरण गरेको टेन्ट जाडो मौसमका लागि राम्रो टेन्ट भएको बताए।

उनले जाजरकोट र रुकुम-पश्चिमका ५ वटा पालिकाका ८ सय परिवारका लागि ८०० वटा टेन्ट वितरण गरिएको बताए।

उक्त टेन्ट २ वर्षभन्दा मुनिका बालबालिका भएको घर, ५ महिनाभन्दा माथिको गर्भवती भएको घर, क र ख वर्गमा पर्ने अपांगता भएका व्यक्तिहरूका घरहरू र बस्न लायक नभएका घरहरुलाई लक्षित गरेर टेन्ट वितरण गरिएको उनले जानकारी दिए।

सोमबार नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी सेभ द चिल्ड्रेनले गरिरहेको गतिविधिहरुको अवलोकन पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *