‘सुदन किराँती मुर्दावाद !’ भन्दै काठमाडौँमा विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । सनातन धर्म–संस्कृतिको विरुद्ध अभिव्यक्ति दिने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्दै सोमवार काठमाडौंमा प्रदर्शन भएको छ ।

समग्र धार्मिक समाजको आह्वानमा सोमवार काठमाडौंको गौशालाबाट प्रदर्शन भएको हो ।

विभिन्न हिन्दू संघ संस्थाले आह्वान गरेको कार्यक्रममा मन्त्री किराँतीविरुद्ध चर्को नाराबाजी भएको छ ।

प्रदर्शनमा सहभागीहरूले मन्त्री किरातीको राजीनामा काग गरेको प्लेकार्ड प्रदर्शन गरेका छन् ।

केही दिन पहिले काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले क्रिष्चियन धर्म नमान्नेहरू संविधान विरोधी भएको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको चर्को आलोचना भएको हो । सोमवार प्रदर्शनकारीले गौशालादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने जनाएका छन् ।

थप तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *