गाजामा युद्धबाट २० हजार २८५ जनाको मृत्यु, ५३ हजार ६८८ जना घाइते

एजेन्सी । इजरायल—हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही सुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ । गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८ अन्य घाइते भएका छन् ।

१।९ मिलियन प्यालेस्टिनी बासिन्दाहरू अर्थात् गाजा जनसङ्ख्याको लगभग ८५ प्रतिशत विस्थापित भएका छन् । यसैबीच, इजरायली नाकाबन्दीका कारण गाजवासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =