तस्बिरमा इट्टा बनाउन व्यस्त मजदुरहरू

काठमाडौँ । हिउँदयाम सुरु भएसँगै काठमाडौँ उपत्यकाका इँटा भट्टाहरू चलायमान हुन थालेका छन् । यो याममा सयौँको संख्यामा नेपाली कामदारहरू भट्टामा इट्टा बनाउने काम गर्न व्यस्त रहन्छन् ।

साधरणतया उपत्यकाका इँटा भट्टाहरू वर्षको ६ महिना मात्रै सञ्चालनमा आउने गर्दछन् । वर्षायाममा भने इट्टा बनाउने काम ठप्प हुन्छ ।

असार–साउनमा इँटा भट्टामा काम गर्ने मजदुरका नाइकेहरूले नेपालका विभिन्न गाउँहरूमा गएर भट्टामा काम गर्ने मजदुर खोजेर ल्याउँदछन् । उपत्यकाका भट्टाहरूमा नेपाल र भारतको विभिन्न स्थानहरूबाट आएका हजारौँ श्रमिकहरूले रोजगारी पाउँदै आएका छन् ।

तस्बिरहरू :

सबै तस्बिर मकालुखबरबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *