टर्कीको ६६ प्रतिशत भूभाग भूकम्पको जोखिममा

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भूभाग र ७१ प्रतिशत जनसंख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिएका छन् । विपद्पूर्व तयारी देशको लागि अहिले महत्वपूर्ण रहेको बताए ।

उनले भौगोलिक रुपमा भूकम्पको सामना बढी गर्नुपर्ने देश भएकाले विपद्पूर्वको तयारीमा जोड दिन आवश्यक रहेको बताए ।  गत फेब्रुअरीमा, देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प जाँदा ५० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । टर्कीको प्राथमिक कार्य शहरी रूपान्तरण परियोजनाहरू हुने  एर्दोगानको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =