एस्पायर कलेजमा विद्यार्थी अभिमुखिकरण कार्यक्रम

विराटनगर–१४ मलायरोडमा अवस्थित एस्पायर कलेजको विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजले शैक्षिक सत्र २०२३ मा बि.पि.एच. तथा बि.टेक.एड.आईटीमा भर्ना भएका नयाँविद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम गरेको हो।

होटल सोल्टी वेस्टइन्ड, ईटहरीमा बि.पि.एच. कार्यक्रममा २६ जना र बि.टेक.एड.आईटी कार्यक्रममा ३५ जना गरि जम्मा ६१ जना विद्यार्थीहरुलाई अभिमुखिकरणमा सहभागी थिए।

कलेजका अध्यक्ष बिकास अधिकारीले एस्पायर कलेज एक नमुना कलेज बन्ने दाबी गर्दै विद्यार्थीको भाग्य र भविष्यप्रती केही कसर बाँकी नराख्ने बताए।

कलेजमा अध्ययनरत बि.पि.एच.का विद्यार्थी आफ्नो अध्ययनको दास्रो सेमेष्टरबाटनै विभिन्न पाँचतारे होटलमा इन्टर्नसिप पाएझैं आई. टी. कार्यक्रम अध्ययनरत विद्यार्थीका लागि पनि रोजगारको अवसर हुने गरि निकट भविष्यमा आई.टी कम्पनी खोल्ने घोषणा गरे।

स्थापनाभएको दुई वर्ष मात्र भएको भए पनि कलेजका संचालक एवं कार्यक्रम संयोजकहरुको शिक्षा क्षेत्रमा लामो अनुभव भएकाले एस्पायर कलेजले राम्रो प्रगती गरेको कलेजका प्रिन्सिपल सि.एम. बस्नेतले बताए।

विश्वविद्यालयले गरेको निगरानी र अभिभावकत्वको चर्चा गर्दै प्रमुख बस्नेतले भने, “हामी विद्यार्थीलाई एकाईसौ शताब्दीका लागि चाहिने सिप, संस्कार र प्रबिधिमैत्रि शिक्षा प्रदान गछौं ।”

कार्यक्रममा बोल्दै स्कुलअफ मेनेजमेण्टका डीन प्रा.डा. विजय के.सीले काठमाण्डौं विश्व विद्यालयका विद्यार्थीलाई भर्नादेखि रोजगार सम्मको यात्रामा साथदिने बताए।

स्कुलअफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुईटेलले विद्यार्थीहरुलाई बि.टेक.एड.आई.टी विषयको औचित्य र यो विषयको स्कोपका बारेमा जानकारी गराएका थिए।
प्रा.डा. लुईटेलले भने, “हामी कुनै विद्यार्थीलाई बेरोजगार हुन दिदैनौं । यसका लागी विश्व विद्यालयले गृहकार्य गरिरहेको छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =