एउटा मानिसको लागि सबैभन्दा रुचीको विषय अर्को मानिस हो : राजेश हमाल

काठमाडौँ । महानायक राजेश हमालले एउटा मानिसको लागि सबैभन्दा रुचीको विषय अर्को मानिस भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले हरेक मानिसले आफ्नो भन्दा अर्को मानिसले गरेका क्रियाकलापहरूमा बढी चासो दिने बताए । उनले हरेक मानिसहरूले अर्को मानिसलाई केन्द्रबिन्दुमा राखेर आफ्ना क्रियाकलाप र कामहरु गर्ने बताए ।

उनले भने ‘एउटा मानिसको सबैभन्दा रुचीको विषय अर्को मानिस हो । अन्य क्रियाकलाप जुन हामी गरिरहेका छौँ, किन भन्दा त्यहाँ अर्को मानिस छ । त्यहाँ समाज छ । त्यसकारण हाम्रो केन्द्रबिन्दुमा आउने भनेको अर्को व्यक्ति हो । समाज हो । अर्को व्यक्तिले के गर्छ, के भन्छ, जुन जीवन हामी जिइरहेका छौँ, अर्को व्यक्तिले त्यो जीवन कसरी जिरहेको छ । जुन जीवनलाई हामीले हाम्रो भावना, दृष्टिकोण छ, अर्को व्यक्तिको भावना र दृष्टिकोण कस्तो छ भन्नेकुराले सार्थकता दिइरहेको छ ।’

महानायक हमालले हरेक व्यक्तिको अभिव्यक्तिले मानिसको जीवनको भावनाको सार्थकता पाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *