तमिलनाडुमा बाढीबाट ५ जनाको मृत्यु, उद्धारका लागि मुख्यमन्त्रीको अपिल

एजेन्सी । भारतको दक्षिणी राज्य तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले बाढीको चपेटामा परेका क्षेत्रमा राहत र उद्धार कार्य सञ्चालन गर्न थप हेलिकप्टरहरू माग गरेका छन् । बाढीमा सयौँ मानिसहरू फसेको भन्दै संघीय सरकारसँग उद्धारका लागि थप हेलिकप्टर सहयोग गर्न आग्रह गरेका छन् ।

विगत दुई दिन यता परेको अविरल वर्षाले तमिलनाडुका धेरै दक्षिणी जिल्लाहरूमा ठूलो क्षति भएको छ । वर्षाका कारण बस्तीहरू र सडकमा गम्भीर क्षति पुगेको हो । स्टालिनकाअनुसार बाढीका कारण ४० लाखभन्दा बढी मानिस मारमा परेका छन् ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार वर्षा र बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण धेरै रेलहरू पूर्ण वा आंशिकरुपमा रद्ध भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =