नाडाको अध्यक्ष करण चौधरीलाई बनाउने सहमति

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को भावी अध्यक्ष व्यवसायी करण चौधरी बन्ने भएका छन्।

अध्यक्षमा दाबी गरिरहेका आकाश गोल्छा र प्रकाश कपुरी चौधरीलाई समर्थन गर्ने निर्णय गरेसँगै उनी अध्यक्ष बन्ने करिब पक्का भएको हो।

पूर्वअध्यक्षहरुसमेतको मंगलबार साँझ बसेको बैठकले करणको पक्षमा सहमति जुटाएको हो। अर्को पटक आकाश गोल्छालाई अध्यक्ष बनाउने सहमति पनि आजैको बैठकमा भएको छ। कपुरीलाई कार्यसमितिमा समेट्ने सहमति छ।

नाडा एसोशियसनलाई मजबुद बनाउनका लागि अहिलेको परिस्थितिमा चुनाव गर्दा व्यवसायीलाई अप्ठेरो पर्ने भएकाले नै सहमति गरेको आकाश गोल्छाले बताए।

‘नाडामा चुनाव हुँदा व्यवसायी विभाजन हुने र राज्यलाई खबरदारि गर्न नसकेकाले यसपटक सबैलाई समेट्ने गरी सहमती जुटाएका छौं’, गोल्छाले मकालुखबरसँग भने।

करण चौधरी हालका अध्यक्ष थापासँग यसअघिको चुनावमा पराजित भएका थिए। नाडाको ४७औँ वार्षिक साधारणसभा पुस २० र २१ गते हुने तय भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *