विश्व विद्यालयमा राजनीतिक भागबन्डा हुन दिन्नौं : प्रकाश पौडेल(भिडिओ)

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका प्रवक्ता तथा सचिव प्रकाश पौडेलले विश्व विद्यालयमा राजनीतिक भागबन्डा हुन नदिने दाबी गरेका छन् ।

उनले विश्व विद्यालयमा रिक्त रहेका उपकुलपति लगायतका पदमा राजनीतिक भागबन्डा हुन नदिने बताएका हुन् ।

मकालुखबरसंग कुराकानी गर्दै पौडेलले विश्व विद्यालयको प्रशासन र नेतृत्व स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताए ।

उनले भने– ‘अब अनेरास्ववियु विश्व विद्यालयमा राजनीतिक भागबन्डा हुन दिँदैन, रिक्त रहेका पदहरू, उपकुलपति लगायतका अन्य पदमा स्वतन्त्र र विज्ञ व्यक्ति प्रतिस्पर्धाबाट आउनुपर्छ ।’

सचिव पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली व्यक्ति मात्रै नभएर साइन्स पनि रहेको टिप्पणी गरेका छन् ।

उनले अध्यक्ष ओलीले लिएको विचारकै कारण उनीबाट सबैले पाठ सिक्नुपर्ने बताए ।

उनले भने– ‘ओली व्यक्ति मात्रै नभएर साइन्स हो । निराश बनेका व्यक्तिको ऊर्जाको स्रोत हुन् ओली । तर मानिसहरु ओलीको आलोचना गरेर आफ्नो दैनिकी पनि बनाएका छन् । ओलीको आलोचना गर्दा गर्दा यो देशमा सरकार छ भन्ने पनि भुलेका छन् ।’

(हेर्नुहोस् भिडिओ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *