प्रेस काउन्सिल र आरआरका विद्यार्थीबिच अन्तरक्रिया

काठमाडौं । नेपाल प्रेस काउन्सिल र विद्यार्थीबिच पत्रकार आचारसंहिता सम्बन्धमा अन्तरक्रिया गरिएको छ ।
मंगलबार काउन्सिलको कार्यालयमा रत्न राज्यलक्ष्मी क्याम्पस(आरआर)मा पत्रकारिता तथा आमसञ्चार विषय (स्नातक दोस्रो वर्ष) मा अध्ययनरत विद्यार्थीबिच पत्रकार आचारसंहिता सम्बन्धमा अन्तरक्रिया गरिएको हो ।
काउन्सिलको सभाहलमा भएको अन्तरक्रियामा काउन्सिलको संरचना, कार्य प्रणाली र आचारसंहितासम्बन्धी विषयमा मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिएका थिए ।
आचारसंहिता तथा अनुगमनका चुनौती र समाधानका विषयमा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, उजुरी प्रणाली, प्रवृत्ति र कारबाही प्रक्रियाका विषयमा सहप्रशासकिय अधिकृत रामशरण बोहराले जानकारी गराएका थिए ।
क्याम्पसका तर्फबाट विषय शिक्षक शान्तराम बिडारीले काउन्सिलले न्यायालयले झैँ न्यायिक कार्य गर्दै सम्पादन गर्दै आएको बताए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थीले विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।








