यू–१९ एसिया कप : सबै खेल हार्दै बाहिरियो नेपाल, भारतसामु निरीह

काठमाडौँ । एसिसी यू–१९ एसिया कपमा नेपाल भरातसँग १० विकेटले पराजित भएको छ ।

भारतसँग १० विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ ।

नेपाल समूह ए मा तीनै खेलमा हारका साथ समूह चरणबाटै बाहिरिएको हो ।

जितको लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो ।

आदर्श सिंह १३ बलमा २ चौकासहित १३ रनमा नट आउट रहे । आर्शिन अतुल कुलकर्णी ३० बलमा १ चौका र ५ छक्कासहित ४३ रनमा अविजित रहे ।

नेपालका लागी कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको थियो ।

नेपालका कुनैपनि खेलाडीले भारतीय बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामीले १८ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए ।

नेपालका ओपनर दीपक बोहरा १ रनमा क्याच आउट भए । उनी भारतका तीव्र गतिका बलर राज लिम्बानीको बलमा एज लागेर क्याच आउट हुन पुगेका थिए ।
विकेटकिपर उत्तमथापा मगर राजकै बलमा शून्यमा बोल्ड भए । इनस्वींग बल चाल नपाउँदा उनी बोल्ड आउट भएका थिए ।

त्यस्तै अर्जुन कुमाल ७ रनमा क्याच आउट भए । अर्जुन आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट भएका थिए ।

कप्तान देव खनाल नवौं ओभरमा २ रनमा क्याच आउट भए । राजको नवौं ओभरको पाँचौं बलमा देव एज लागेर विकेटकिपर अरवेली अवानिशबाट क्याच आउट भए । सो लगत्तै अर्को बलमा दीपक डुम्रे बोल्ड आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्किए ।

भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिएका थिए । आरध्या सुक्लाले २ तथा आर्शिन कुलकर्नीले एक विकेट लिए ।

नेपाल समूह चरणका तीन वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट घर फर्कने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *