यू–१९ एसिया कप

नेपालको लज्जास्पद ब्याटिङ, भारतलाई नेपालको ५३ रनको लक्ष्य

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारत समक्ष ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भयो ।

नेपालका कुनैपनि खेलाडीले भारतीय बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामीले १८ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए ।

नेपालका ओपनर दीपक बोहरा १ रनमा क्याच आउट भए । उनी भारतका तीव्र गतिका बलर राज लिम्बानीको बलमा एज लागेर क्याच आउट हुन पुगेका थिए ।
विकेटकिपर उत्तमथापा मगर राजकै बलमा शून्यमा बोल्ड भए । इनस्वींग बल चाल नपाउँदा उनी बोल्ड आउट भएका थिए ।

त्यस्तै अर्जुन कुमाल ७ रनमा क्याच आउट भए । अर्जुन आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट भएका थिए ।

कप्तान देव खनाल नवौं ओभरमा २ रनमा क्याच आउट भए । राजको नवौं ओभरको पाँचौं बलमा देव एज लागेर विकेटकिपर अरवेली अवानिशबाट क्याच आउट भए । सो लगत्तै अर्को बलमा दीपक डुम्रे बोल्ड आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्किए ।

भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिएका थिए । आरध्या सुक्लाले २ तथा आर्शिन कुलकर्नीले एक विकेट लिए ।

प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने, अगफानिस्तानसँग ७३ रनको पराजित बनेको थियो ।

नेपाल प्रतियोगिताबाट लगभग बाहिरिसकेको छ । शुन्य अंक सहित नेपाल तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *