दक्षिण कोरियामा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त
२०८० मंसिर २६ गते

एजेन्सी । अमेरिकी एफ १६ लडाकु विमान पश्चिमी दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ ।
युएस फोर्सेस कोरियाको लडाकु विमान प्रशिक्षण अभ्यासको क्रममा राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको गुन्सानस्थित कुनसान एयर बेस नजिकै बिहान दुर्घटनाग्रस्त भएको थियो ।
पाइलट आकस्मिक रूपमा भागेकाले अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ ।
२०८० मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








