कांग्रेस संस्थापनइतरको बैठक सर्यो
२०८० मंसिर २५ गते

फाइल तस्बिर
नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक सरेको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबारलाई सरेको हो।
इतर पक्षको बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्ने तयारी छ।
बैठक किन सारिएको भन्ने जानकारी नआएको तर सारेको जानकारी आएको एक केन्द्रीय सदस्यले बताए।
नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने बुझेपछि बैठक सार्न कोइरालामाथी दबाब परेको थियो।
२०८० मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








