भारतीय सञ्चारमाध्यममा ‘नेपालमा इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालन’ बारे चर्चा

काठमाडौँ । ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेशनल प्रा.लिले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको पहिलो शोरुम सञ्चालनमा ल्याएसँगैै भारतीय सञ्चारमाध्यमको हेडलाइनको केन्द्रबिन्दु बनेको छ ।

भारतको प्रेस ट्रस्ट अफ इन्डिया नामक अनलाइन सञ्चारमाध्यमले नेपाली बजारको बढ्दो मागलाई सम्बोधन गर्दै केडिया अर्गनाइजेसनले नेपालमा एम्पीयर इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनको बिक्री, मार्केटिङ, वितरण र बिक्रीको लागि विशेष आधिकारिक वितरक हुने उल्लेख गरेको छ ।

त्यस्तै अन्य ७३ वटा सञ्चारमाध्यमहरूले पनि केडिया इन्टरनेशनल प्रा.लिले नेपालमा आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याई विश्व बजारमा प्रवेश गरेको घोषणा गरेको छ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेशनल प्रा.लिले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको बुकिङ खुला गरिसकेको छ ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले दुई इलेक्ट्रिक स्कुटर मोडल, एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस इएक्सका लागि बुकिङ खुल्ला गरेको हो ।

हाल एम्पीयरका विद्युतीय स्कुटरहरू टेकु शोरुममा सहज रूपमा उपलब्ध रहेका छन् । कम्पनीले चाँडै नै नेपालभरका प्रमुख सहरहरूमा विस्तार गर्ने जनाएको छ ।

ग्राहकहरूले टेस्ट ड्राइभिङका लागि स्कुटर बुक गर्न सक्छन् साथै टेस्ट ड्राइभिङका लागि कम्पनीका प्रतिनिधि स्कुटरहरू घरमै लिएर आउनसक्ने कम्पनीले जनाएकोे छ ।

कम्पनीले ग्राहकहरूलाई नेपालमा विद्युतीय सवारी साधनको नयाँ युगको सुरुवात भएको बताउँदै एम्पियरको साथ दिगो, कुशल र स्टाइलिश यातायातको यात्रा सुरु अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *