एनसेलओपन गल्फ उपाधी बाबु शेर्पालाई

एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ माआयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिवार सम्पन्न भएको छ । यस प्रतियोगितामा १४३ प्रतियोगिहरुको सहभागीता रहेको थियो ।

प्रतियोगितामा बाबु शेर्पाले उपाधी जितेका छन्। शनिवार गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भए। यस प्रतियोगिताको पुरस्कार स्वरुप शेर्पाले ट्रोफि र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभजित्न सफल भएका छन् ।

४१ प्वाइन्टसहितबराबरमा रहेका प्रदिप केसी र स्वदेश गुरुङबीच ब्याकनाइनमा २३ अंक जोड्दै केसी रनरअप भए। केसीले पुरस्कार स्वरुप ट्रोफि र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् ।

३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि शदभाव आचार्यले जित्न सफल भए । आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनिजित्न सफलभए । उनले ट्रोफिसँगै सामसङको ग्याल्याक्सी जेड फ्ल्पि पुरस्कार स्वरुपप्राप्त गरे ।

त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिलातर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छिन् र उनले ट्रोफिसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेकी छन् । गिता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिलातर्फको खेलमा रनरअप भइन् ।

३७ प्वाइन्टको साथ रविन्द्र पुरुषढकाल सिनियर्स तर्फबाट (६० वर्ष भन्दामाथि) विजयीभएका छन् । त्यस्तै होलको आठ इन्चनजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञान बाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथमोस्ट बर्डिजको उपाधिजित्न सफलभए ।

यो प्रतियोगिता ३÷४ ह्यान्ड्याप स्टेबलफोर्ड ढाँचामा खेलिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *