छुट्टाछुट्टै स्थानमा १० जना मृत अवस्थामा फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा सोही महानगरपालिका–३ बासँबारी बस्ने ४९ वर्षीय सौनक बिक्रम शाह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै महोत्तरी, भंगाहा नगरपालिका–५ सितापुरदेखि बटेश्वर जाने बाटोमा सोही ठाउँ बस्ने ४८ वर्षीय मोस्तकिन दफाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रे, तेमाल गाउँपालिका–३ पचुवारघाटस्थित सुन कोशी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, जानकी गाउँपालिका–८ पहाडीपुरस्थित कुलरियामा पनि सिचाईको कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका–१६ दिपस्थित नहरको पानीमा सोही महानगरपालिका–१६ बाटुलेचौर बस्ने ६३ वर्षीय केशव बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

गत असोज १५ गतेदेखि हराएको भन्ने बुझिएको छ ।

त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका–७ स्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

डोल्पा, जगदुल्ला गाउँपालिका–६ स्थित छेपारे खोलामा सोही ठाउँ बस्ने ३७ वर्षीय गोर कामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रामेछाप, गोकुलगंगा गाउँपालिका–३ छहरे दोवानस्थित खिम्ती खोलामा सोही गाउँपालिका–३ कुँडार बस्ने ७५ वर्षीय खड्ग बहादुर सुनुवार शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, बिराटनगर महानगरपालिका–१२ पञ्चालीस्थित खाली जग्गामा बिराटनगर महानगरपालिका–१४ बस्ने ३३ वर्षीया बन्धना मगर शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

सल्यान, त्रिबेणी गाउँपालिका–१ स्याँल बस्ने ७० वर्षीय तिनलाल बिक आफ्नै घरदेखि करिब १ सय मिटर टाढा कुलोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *