१४ किलो सुनबारे छानबिन गर्न भन्सारले बनायो समिति

काठमाडौँ । बिहीबार राति बरामद १४ किलो सुन प्रकरण छानबिनका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले छानबिन समिति बनाएको छ ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा रहेका छन् ।

बिहीबार राति करिब १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए ।

बिहीबार राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेको साथबाट करिब १४ किलो सुन बरामद भएको थियो ।

सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ र घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले बताए ।

बिहीबार राति ११.४० बजे फ्लाई दुबईको उडान नं. एफजेड ५७३ बाट आएका राहदानी नं. पीए ०१४५४८८ भएका नेपाली नागरिक चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *