त्रिभुवन विमानस्थलबाट यसरी समातियो १४ किलो सुन (भिडिओ)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा फ्लाइ दुबईबाट बिहीबार राति काठमाडौं उत्रिएका गोरखा बारपाकका चन्द्र घले हुन् ।

घलेको साथबाट दुई किलो सुनका गरी ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए । उनले सुनका विस्कुट शरीरमा राखेर ल्याएका थिए ।

चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ ।

घले बुधबारै फ्लाइ दुबईको फ्लाइटबाट नेपाल आउन लागेको जानकारी आएको थियो । त्यसैले बुधबारबाटै एयरपोर्टमा निगरानी भइरहेको थियो । बुधबार घले नआएपछि बिहीबारको फ्लाइटमा पनि कर्मचारीहरुले निगरानी गरेका थिए । विमान अवतरण भइसकेपछि अन्य यात्रु सरासर झरेर गइसकेपछि करिब अन्तिमतिर घले झरेका थिए । उनलाई झर्नेवित्तिकै भन्सारको टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *