शान्तिबाटिकाबाट हटाउन खोजेपछि मिटरब्याज पीडितहरू आन्दोलित (तस्बिरहरु)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिबाटिकामा पनि आन्दोलनको कार्यक्रम गर्न नपाउने गरी रोक लगाएको छ ।

शान्तिबाटिकामा धर्ना दिँदै आइरहेको मिटरव्याज पीडितहरु र आरती साहकी आमाबुबालाई समेत शान्तिबाटिकाबाट हटाउन लागेको हो ।

प्रहरी वृत्त दरबारमार्गका डिएसपीको टोलीले बिहीबार पीडितहरुलाई ठाँउ खाली गराउन आदेश दिएको थियो । प्रहरीले उनीहरुलाई शान्तिबाटिकाबाट हटाउन लागेपछि पीडितहरुले प्रदर्शन गरेका छन् । आज बिहान उनीहरुले शान्तिबाटिकामा प्रदर्शन गरेका हुन् । सीडीओ कार्यालयले माइतीघरमा समेत आन्दोलन गर्न नपाउने गरी निषेधाज्ञा लगाएको छ ।

शान्तिपुर्ण प्रर्दशन गर्ने लोकतान्त्रिक परिधीमा निषेधाज्ञा लगाएर सरकारले अधिनायकवादी चरित्र देखाइरहेको उनीहरुको आरोप छ ।

यस्तै मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिले विज्ञप्ति जारी गरेको छ । शान्तिपूर्ण आन्दोलन गरिरहेको पीडितहरुलाई हटाएर सरकार सुदखोरको प्रभावमा परेको आरोप उनीहरुको छ ।

गठित मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाल विगत ३८ महिनादेखि निरन्तर आन्दोलनरत छ । गत चैत्रको २० गतेदेखि काठमाडौं स्थित शान्तिवाटिकामा निरन्तर धर्ना तथा स्थानीय स्तरमा मिटर ब्याज विरुद्ध विभिन्न लगातार ५ दिनसम्म गृहमन्त्रालयको जनसंघर्षका कार्यक्रमहरु भइरहेका छन् ।

हेर्नुहोस तस्बिरहरु–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *