नाटक

तस्बिरमा ‘बोधि सत्त्व’

काठमाडौं । बौद्ध दर्शनको कथामा आधारित सांस्कृतिक नाटक ‘बोधि सत्व’को टेकु स्थित कौशी थिएटरमा मञ्चन सुरु भएको छ ।

चन्द्रमान मुनिकारको परिकल्पना, लेखन तथा निर्देशनमा तयार पारिएको नाटक यहि मंसिर २० गतेदेखि मञ्चन गरिएको हो ।

एक टुक्रा कांचो माटो यदि दक्ष कुमालेको हातमा पर्यो भने उसले त्यो माटोलाई जीवनका अनेकौ उपयोगी सामग्रीहरु निर्माण गरिदिन्छ । त्यस्तै नराम्रो बाटोमा हिडिरहेको कुनै मानिसलाई बोधि सत्वको मार्गबाट सद्बुद्धी, प्रेम, त्याग र बलिदान अनि करुणा प्राप्त भइ सबैको कल्याणका बाटोमा हिंडाउन सकिन्छ भन्ने नाटकमा देखाउन खोजिएको छ ।

इँगिहोपो काँईच सुनुवारले नाट्य रूपान्तरण गरेको बोधि सत्वमा कलाकारहरु सुदनमान मुनिकार, संगिता थापा, नानुमैंया महर्जन, युवाहाङ्ग राई, सृजना शर्मा, अन्जु श्रेष्ठ, अनिसा श्रेष्ठ, अजय लामा, सन्तोष गिरी, नविन काफ्ले र आकाश नेपालीको अभिनय रहेको छ ।

यहीँ मंसिर २० गतेदेखि मञ्चन भएको नाटक पौष ४ गतेसम्म कौशी थिएटरमा हरेक साँझ ५ बजे मञ्चन हुनेछ । सनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

हेर्नुहोस् तस्बिरहरु–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *