दुबईमा थुप्रिएर र मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले कोप २८ मा थुप्रिएर र मन्त्रीहरूसँग भेट्दैमा क्लाइमेट चेन्जको असर कम नहुने बताइन् । उनले जलवायु परिवर्तनको असर कम गर्नको लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताइन् । युवाहरूलाई उद्यमी हुनका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्ने उनकाे भनाइ छ ।

उपसभामुख रानाले भनिन्, ‘हाम्रा हरेक कुरामा पारदर्शिता हुनुपर्छ । युवाहरूलाई उद्यमी हुनका लागि सरकारले विधेयकहरू बनाउनुपर्छ । सहज बनाइदिनुपर्छ । साथै पारदर्शिता पनि हुनुपर्छ । तपाईंहरू कोको गएर आउनुभयो, कोप २८ मा ? क्लाइमेट चेन्जमा धेरैजना जानु भएको छ । क्लाइमेट चेन्ज दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन ।’

उनले किचनमा गरिने हरेक एक्टिभिटीबाट क्लाइमेट चेन्ज हुने पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *