नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

नेपालीलाई रुसी सेनामा पठाएको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

रुसी सेनामा नेपालीलाई गैरकानुनी रुपमा लगेको आरोपमा उनीहरुलाइृ पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध म्याद थप गरेर अनुसन्धान गरिरहेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

पक्राउ पर्नेमा दोर्न डाँगी, दिपेन परियार, छितिज गिरी, सुभाष लामा, मनिस न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोका र सन्तोष नेपाल रहेका छन्। डाँगीलाई सोमबार र अरुलाई १४ गते नै पक्राउ गरेको हो।

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएपछि त्यहाँ पठाउनेहरुलाई प्रहरीले खोजि गर्न थालेको हो।

गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *