नेपालका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल’ अवार्ड

काठमाडौँ । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षका आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल ’ अवार्ड जित्न सफल भएका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका  प्रतिनिधिहरूलाई पछाडि पार्दै केटा समूहको उपाधि हात पारेका हुन् ।

स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल २०२३’  कार्यक्रममा नेपालको
प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन् ।

यस कार्यक्रममा नेपाल सहित भारत, मलेसिया देशका बालबालिकाहरू सहभागी भएका थिए ।  प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार अलावा नेपालको पर्यटन समेत प्रर्वधन गरेका थिए ।

आरुषसंगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड Alluring Aura ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेसनलको उपाधि हासिल गरेकी थिइन् । प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए ।

प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन् ।

यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा काठमाडौँमा आयोजित ‘किड्डी फेस आफ द इयर २०२३’का सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए भने एल्भिरा ‘लिटिल प्रिन्सेस इन्टरनेसनल २०२३’ की विजेता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *