इण्डोनेसियामा ज्वालामुखी विष्फोट, ११ पर्वतारोहीको मृत्यु

एजेन्सी । इण्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ।

इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विष्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ।

पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए। उनीहरूलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन्।

दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ। तीनैजना विष्फोटको बीचमा पश्चिमी इण्डोनेसियाको पहाडको फेदमा जाँदै थिए।

कुल ७५ आरोहीहरूको खोजी गर्न अधिकारीहरूले लगभग सय जनालाई खटाएको छ। समुन्द्र सतहबाट २ हजार ८ सय ९१ मिटर उचाइमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ।

अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायराभित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *