रास्वपा सभापति लामिछाने र मलेसियास्थित राजदूतबिच भेटवार्ता

मलेसियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटवार्ता गरेका छन्।

उनीहरुबीच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूताबासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल भएको रवि लामिछानेले जानकारी गराएका छन्।

छलफलमा सभापति लामिछानेले प्रवासमा रहेकाका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर संभव भएसम्म छिटो समाधान दिन अनुरोध गरेको बताए।

राजदूत पौडेलले सीमित स्रोत–साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भए पनि समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको जानकारी दिए।

राजदूत पौडेलले सातामा एक दिन ९शुक्रबार० फेसबुक लाइभमार्फत पनि सहजीकरण र महिनामा एकपटक ’मोवाइल एम्बेसी’ अभियान सञ्चालन भइरहेको पनि अवगत गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *