वीर अस्पतालको निमित्त निर्देशकमा डा.श्रवण कुमार थापा नियुक्त

काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. श्रवण कुमार थापाले पाएका छन् ।

डा. थापालाई अर्को निर्णय नभएसम्मका लागि आजदेखि निमित्तको जिम्मेवारी दिइएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।
यसअघि उनी सहायक निर्देशकको रूपमा कार्यरत थिए ।

वीरका निर्देशक डा. सन्तोष पौडेललाई नेकपा (एमाले)को क्रियाशील सदस्य रहेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर १४ गते पदबाट हटाएको थियो । मंसिर १५ गतेदेखि डा. पौडेललाई मन्त्रालयमा हाजिर हुन समेत पत्राचार गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =