चलचित्र ‘हिटम्यान’ को पोस्टर र टिजर सार्वजनिक, फेब्रुअरीमा विश्वव्यापी रिलिज गरिने

काठमाडौँ । नेपाली फिल्मलाई विश्वव्यापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इण्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर सार्वजनिक गरिएको छ ।

नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय– तेलगु फिल्मका प्राविधिकहरूको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा, विष्णु अधिकारी, प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन् ।

फिल्मलाई नेपालसहित भारत र प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा समेत प्रदर्शन गर्ने बताइएको छ । पोस्टर रिलिज कार्यक्रममा अमेजन प्राइम भिडियोको तर्फबाट भेन्डरपार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले ट्रेलरमा आफूहरूको प्रस्तुति समेटेर आउनेमा आशावादी रहेको बताए । त्यस्तै अभिनेता प्रशान्त ताम्राकारले एउटा इण्डस्ट्रीमा काम गर्दैगर्दा अर्को इण्डस्ट्रीमा काम गर्ने अवसर पाउनु ठूलो कुरा रहेको बताए ।

फिल्म विभिन्न ५ देशमा छायांकन गरिएको थियो । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले सहकार्य गरेका छन् ।

फिल्म आउँदो फेब्रुअरी महिनामा एक साथ विश्वव्यापी रिलिज गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *