अन्तर्राष्ट्रिय अपांगता दिवसमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौँ । आज ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । आइतबार राष्ट्रिय अपांग महासंघ नेपाल र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा राजधानीमा प्रभातफेरी गरिएको हो ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ । यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित सो दिवस मनाइएको छ ।

भद्रकालीदेखि सुरु भएको प्रभातफेरी कार्यक्रम भृकुटीमण्डप पुगेर भेला भई समापन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *