मण्डलामा ‘मानिस हराएको सूचना’ मञ्चन (तस्बिरहरू)

काठमाडौँ । मण्डला नाटकघरमा शुक्रबार झ्याल आर्ट् र ब्लु डायमण्ड सोसाइटीको प्रस्तुति रहेको नाटक ‘मानिस हराएको सूचना’को मञ्चन सुरु भएको छ ।

अमित गिरीको लेखन तथा अमित गिरी र सन्तोष विष्टको निर्देशनमा तयार भएको नाटक मंसिर २४ गतेसम्म मञ्चन हुनेछ । यो नाटक आफ्नो अस्तित्व बिर्सिएर आफैँभित्र हराइरहेका मानिसहरूको कथामा आधारित छ ।

नाटकमा एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटरका रंगकर्मीहरु शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश विमली, स्नेहा जोशी, शरद न्यौपाने, दीपक कोइराला, साइमन थापा र पुकार चापागाईँको अभिनय रहेको छ ।

तेस्रो लिङ्गीले समाजमा जिउनको लागि गरेका संघर्षको कथामा बनेको नाटक ‘मानिस हराएको सूचना’ सोमबारबाहेक प्रत्येक दिन बेलुका ५ बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १ बजेको अतिरिक्त शो मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *