गायिका निरुता खत्रीको ‘मेरा बलाता गाउँ’सार्वजनिक (भिडिओ)

काठमाडौँ । गायिका निरुता खत्री र गायक कृष्ण नाथको नयाँ गीत ‘मेरा बलाता गाउँ’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीत कृष्ण नाथको शब्द, गायिका खत्री र गायक नाथको सङ्गीत संयोजनमा तयार भएको हो ।

निरुता खत्री युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायिका खत्री र मोडल जगदीश नाथको अभिनय देख्न सकिन्छ । यस गीतमा रुपा शिलालले निर्देशन र सोनु विकले छायाङ्कन गरेका हुन् ।

सुदूरपश्चिमको मौलिक कला संस्कृतिलाई जगेर्ना गर्नुका साथै युवा पुस्तालाई समेत देउडामा आकर्षित गराउन आफनो संस्कृति समेट्दा ‘यस गीतमा सुदूरपश्चिमको आफ्नोपन झल्किएको हेर्न सकिन्छ ।

‘अछाम डौंठेगठा’, ‘अछाम राम्रो मंगलसैन’, ‘मेरा जन्म्या भूमि’, ‘चुल्ठीमा रिबन’, ‘जिन्स पाइन्ट लाउँदी’, ‘साडी बनारसकी’, ‘अब म प्रदेशी भयाँ’ र ‘दारु जन खाया’ जस्ता गीतहरू श्रोताहरू माझ रुचाइएका गीत हुन् ।

हेर्नुस् भिडिओ:–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *