भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु (तस्बिरहरू)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

कोभिड– १९ को महामारी पश्चात् यही मङ्सिर १४ देखि १८ गतेसम्म सञ्चालन हुने उक्त मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहेको छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा ‘मेड इन नेपाल’ पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टलसहितको पेभेलियन रहेको छ ।

मेलामा चीनबाट ५५, भारतबाट ३०, बङ्गलादेश र पाकिस्तानबाट ८/८ वटा स्टलहरू रहेका छन् । मेलामा कुल २१० वटा स्टलहरू मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।

प्रदर्शनीको नेपालका लागि चिनियाँ राजदूतले समेत अवलोकन गरेका छन्। मेलाको मङ्सिर १४ गते एक कार्यक्रम बिच प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *