वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताएका छन् ।

बुधवार जनकपुर धाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । उनले अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताउँदै शासकीय स्वरुपमा केही कमी कमजोरी रहेको बताए ।

उनले शासकीय स्वरुपमा भएका कमी र कमजोरीलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने बताए । उनले परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम आफूहरुले काम गर्ने पनि बताए ।

उनले भने, ‘नीति विचारका बारेमा हामीले दस्ताबेजीकरणको काम गरेका थियौँ । त्यसलाई पास गरेका छौँ । हामी अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ । यद्यपी शासकीय स्वरुपमा केही कमी कमजोरी छन् । यो परिवर्तन गर्ने उपाय भनेको निर्वाचन मात्रै हो । हामी वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका हौँ । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’

सभापति लामिछानेले मधेसलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढीरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *